कोरोनाभाइरसबाट इरानका सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

बाइलाइन नेपाल
२० फाल्गुन २०७६, मंगलवार ०८:२५
TEHRAN, IRAN - MARCH 01: A woman wears a medical mask as a precaution against coronavirus (COVID-19) on March 01, 2020 in Tehran, Iran. The death toll from coronavirus in Iran has climbed to 54 on Sunday, the Health Ministry announced. Kianush Jahanpur, a ministry official, said that 11 more people lost their lives due to the disease as 385 new cases were reported across the country over the past 24 hours, bringing the total number to 978. (Photo by Fatemeh Bahrami/Anadolu Agency via Getty Images)

एजेन्सी  । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो ।

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तान, क्यानाडा, लेबनान, अफगानिस्तान, कुवेत, बहराइन, इराक, ओमान, कतार र युएईमा इरान यात्रा गरेर फर्किएकामा कोरोनाभाइरसको संक्रमण देखापरेको थियो ।

मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*