कोरोनाबाट बच्न: हात नमिलाऔं, अंकमाल नगरौं, माक्स लगाऔं

बाइलाइन नेपाल
१९ फाल्गुन २०७६, सोमबार २०:४९

हेटौंडा । कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो खानेकुरा आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खानाखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगर्न स्वास्थ्य मन्त्रालयबाट आएको स्वास्थ्यकर्मीको टोलीले आग्रह गरेका छन् ।

टोलीले आज मुख्यमन्त्री कार्यालयमा बाग्मती प्रदेशका मन्त्रीसहितका सारेकारवालासँगको छलफलमा मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खान आब्हान गरेका छन् । रुघाखोकी, ज्वरो आदि आए अनिवार्य रुपमा मास्क लगाउँ र स्वास्थ्य केन्द्रमा तत्काल जचाउन जान आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*