‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’-प्रधानमन्त्री

बाइलाइन नेपाल
१९ फाल्गुन २०७६, सोमबार १९:१५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थितिमा पनि निर्णय गर्न सक्ने संयन्त्र र व्यवस्था मिलाएको बताएका हुन् ।

‘म अस्पताल बसेका बेला सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्ने छन’, उनले भनेका छन्, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु परेको समयमा आवश्यक निर्णय लिन सक्नेसम्मको संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरू र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*