मिर्गौला प्रत्यारोपण गर्न अस्पताल पुगे प्रधानमन्त्री ओली

बाइलाइन नेपाल
१९ फाल्गुन २०७६, सोमबार १८:४१

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगेका छन् ।

प्रधानमन्त्री ओली केही बेर अगाडि (सोमबार अपराह्न ६ बजेपछि) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगेका हुन् ।

औपचारिक प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओलीलाई भर्ना गरिने अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका छन् ।

अस्पताल अगाडि जम्मा भएका सुभेच्छुकप्रति अभिवादन गर्दै प्रधानमन्त्री ओली वार्डमा प्रवेश गरेका हुन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिएनन् ।

अस्पताल भर्ना हुनु अगाडि एउटा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाइका क्रममा सरकारका तर्फबाट गरिनुपर्ने नियमित तथा भइपरी आउने कामका सन्दर्भमा निर्णय लिने गरी संयन्त्र तयार गरेर राखेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*