मेस्सीले अवसर गुमाउँदा बार्सा रियलसँग पराजित

बाइलाइन नेपाल
१९ फाल्गुन २०७६, सोमबार ०८:५९

स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २ -० गोल अन्तरले हराएको छ । आईतबार राति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी रियलसँग स्तब्ध भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे । दोस्रो हाफमा जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो ।

यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपर थिवाउट कोर्टुवाले दुवैको प्रयासलाई असफल बनाएका थिए ।

जितसँगै रियल ५६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*