राष्ट्रिय टिमको क्याम्प त्यागेर किन अष्ट्रेलिया गए गोलकिपर एलन ?

बाइलाइन नेपाल
१८ फाल्गुन २०७६, आईतवार १४:३६

नेपाली राष्ट्रिय टिमका गोलकिपर एलन न्यौपाने राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण त्यागेर विदेश पलायन भएका छन्।

आगामी महिना दशरथ रंगशालामा हुने फिफा विश्वकप र एएफसी एसियन कपका लागि घोषणा गरिएको ३१ सदस्यीय प्रारम्भिक टिममा रहेका एलन अस्ट्रेलिया गएका छन्।

हेटौंडा घर भएका एलन अस्ट्रेलिया गएको विषयमा एन्फालाई कुनै जानकारी छैन। यद्यपी उनले नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायलाई आफू प्रशिक्षणमा उपलब्ध हुन नसक्ने जनकारी दिएका छन्।

एन्फा एकेडेमीका उत्पादन एलन अस्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको टिममा छनोट भएका थिए।

नेपालको यु–२३ टिमका नियमित सदस्य एनलले नेपालले २०१६ को बंगगबन्धु कप र १२ औं सागमा स्वर्ण जितेका थिए। उनले नेपालको यु-२३ टिमबाट पाँच खेलेका छन्।

राष्ट्रिय टिममा निरन्तर पर्न संघर्ष गरेका एलन नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन्। उनले सिजनको लिग च्यासल युथ क्लबबाट खेलेका थिए। त्यसअघि उनी २०१३ देखि थ्रीस्टारमा आबद्ध थिए। त्यतिबेला थ्रीस्टारमा किरण चेमजोङ पनि रहेकाले उनले मौका पाएनन्। किरणले थ्रीस्टार छाडेपछि भने उनी पहिलो रोजाइका गोलकिपर बनेका थिए।

नेपालीमा फुटबल खेलेर भविष्य बनाउन कठिन देखिएपछि राष्ट्रिय खेलाडी विदेशिने क्रम जारी छ।

यहि वर्ष मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलिया नै भासिएका थिए। अस्ट्रेलियाविरुद्धको खेलका लागि एक वर्षको मल्टिपल भिसा पाएका हेमन सुरुमा नेपाल फर्किएका थिए। त्यसपछि उनी भविष्य खोज्दै अस्ट्रेलियामा गएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*