एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै

बाइलाइन नेपाल
१७ फाल्गुन २०७६, शनिबार ०९:१८

एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।

मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*