कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

बाइलाइन नेपाल
१७ फाल्गुन २०७६, शनिबार ०८:४९

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ ।

डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

यो भन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*