प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भएको भन्दै मुद्दा दायर
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।
मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको छ । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । साभारः रातोपाटी अनलाइनबाट

बाइलाइन नेपाल











