आजबाट कोटेश्‍वर-जडीबुटी सडकमा सवारी चलाउँदा नयाँ नियम !

बाइलाइन नेपाल
१४ फाल्गुन २०७६, बुधबार ०७:०८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा हुने सवारी चापलाई मध्यनजर गर्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो ।

एसएसपी ढकालका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे ।

‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन’ उनले भने, ‘जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*