बाग्मती गोल्डकपको उपाधि जावलाखेलको पोल्टामा

बाइलाइन नेपाल
१२ फाल्गुन २०७६, सोमबार ०७:३६

हेटौंडा । तेस्रो बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गर्दै जावलाखेलले उपाधि उचालेको हो । पहिलो हाफ गोल रहित भएको खेलामा जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले खेलको दोस्रो हाफको ४ मिनेटमा गरेको एक गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो ।

संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयन संगको भेट पक्का गरेको थियो । जितसंगै जावलाखेलले ६ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता हिमालयनले ३ लाख सहित शिल्ड र मेडलप्राप्त गरेको छ ।

खेलको म्यानअफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्वोेत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदामादुम्बीअ भए । उनले नगद ५० हजार प्राप्त गरे । सर्वोेत्कृष्ट खेलाडीको प्रायोजन भने फापरबारी –७ का राजनीतिकर्मी÷समाजसेवी टेकबहादुर डिम्डुङले गरेका थिए ।

यसैगरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए । उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका अरुण ब्लोन भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसी भए ।

उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन् । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने ब्यवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधि हरिहरपुर गढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*