प्रधानमन्त्री ओलीलाई बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए जन्मदिनको शुभकामना
हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिवसको अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले शुभकामना सन्देश प्रकाशित गरेर प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भनेका छ–‘प्रतिकुलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’
ुनिडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछुु, सन्देशमा भनिएको छ ।
सन्देशमा अगाडि भनिएको छ, ुतपाईँको उच्च मनोबल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकुलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् ।
चुनौतीका रुपमा रहेको प्रतिकुल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षज्यूले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेल्नुभएको भूमिकाको प्रशंसा जति नै गरे पनि कम हुन्छ ।ु
ुसमृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीन वटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भइ समन्वयका साथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्ु, सन्देशमा मुख्यमन्त्री पौडेलले भनेका छन् ।

बाइलाइन नेपाल











