प्रधानमन्त्री ओली ६९ औं बर्षमा प्रवेश, जन्मघर तेह्रथुममा जन्मदिन मनाउँदै

बाइलाइन नेपाल
११ फाल्गुन २०७६, आईतवार ०७:२२

प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् ।

जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए ।

जन्मदिनको अवसरमा जन्मस्थल पुग्न लागेका ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*