पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने

बाइलाइन नेपाल
११ फाल्गुन २०७६, आईतवार ०७:२१

मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा पश्चिमी न्युन चापिय प्रणालीको असरले देशभर आंशिक बदलीको अवस्था कायमै रहेको जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आज चट्याङसहित बर्षाको सम्भावना रहेको तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ |

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार भने पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम साफा रहने महाशाखाको आंकलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*