बाग्मती गोल्डकपको उपाधिका लागि जाउलाखेल र हिमालयन शेर्पा भिड्ने

बाइलाइन नेपाल
१० फाल्गुन २०७६, शनिबार १८:५१

हेटौंडा । बाग्मती गोल्डकपको फाइनलमा जावलाखेल युवा क्लब र हिमालयन शेर्पा बिच हुने भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा संकटा युवा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको हो ।

मकवानपुरको बागमती गाउँपालिकामा भइरहेको प्रतियोगितामा शनिबार भएको सेमिफाइनल खेलमा संकटालाई ०–२ गोलले पाख लगाउँदै जावलाखेल उपाधि नजिक पुग्न सफल भएको छ । सेमिफाईनल खेलमा जावलाखेल युवा क्लवका विदेशी खेलाडी अदामादुम्बीअले खेलको ३२ औँ मिनेटमा एक गोल गर्दै खेललाई अग्रता दिलाए ।

संकटाको मेस्सोकेले २ पटक राम्रो अवसर पाएता पनि अवसरलाई सदुपयोग गर्न सकेन् । त्यस्तै संकटाका तर्फबाट रुपबहादुर लामाले राम्रो अवसर पाएका थिए तर तालमेल नमिल्दा गोल गर्नबाट चुके ।

दोस्रो हाफको ८७ औँ मिनेटमा जावलाखेलका बिमल घिसिङले गोल गर्दै २–० को अन्तरले जावलाखेल फाइनलमा प्रवेश हुन सफल भयो । खेलमा जावलाखेका विदेशी खेलाडि अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भए । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।

पहिलो बाग्मती गोल्डकपको उपाधि हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो। बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*