हटिया जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा मदन दाहाल

बाइलाइन नेपाल
१० फाल्गुन २०७६, शनिबार १८:२०

हेटौंडा । हटिया जनप्रिय बहुमुखी क्याम्पस हटियाको चौथो क्याम्पस सभाले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको सभाले मदन दाहालको अध्यक्षतामा ११ सदसीय नयाँ सञ्चालक समिति समेत गठन गरेको छ ।

सभाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत वि एस्सी एजी संकाय सञ्चालनमा ल्याउन यसैवर्षवाट पहल गर्ने निर्णय समेत गरेको । सभाले ५९ सदस्यीय क्याम्पस सभा सभासद रहेको सभामा क्याम्पसको भावी रणनीति र लेखा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद वस्ताकोटीको अध्यक्षतामा सभा भएको थिाये ।

कार्यक्रममा, ३ नं वागमती प्रदेशको राजधानी समेत घोषणा भईसकेको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस मकवानपुरकै प्राविधिक क्यम्पसको हवका रुपमा विकास गरिनुपर्नेमा जोड दिईएको थियो । सभाले जयप्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ ।

कार्यक्रममा हेटौडा नगरपालिकाका अधिकृत भीमप्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य राजु अधिकारी, जनप्रिय मावि अध्यक्ष लोकनाथ चौलागाई, पूर्वअध्यक्ष रमेशप्रसाद खतिवडा, प्रधानाध्यापक नवराज अर्याललगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*