पालुङ बहुमुखी क्याम्पसको अध्यक्षमा विष्णु विष्ट

बाइलाइन नेपाल
१० फाल्गुन २०७६, शनिबार १७:५९

हेटौंडा । थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको क्याम्पसको परिषद् सभाले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा विष्णु विष्टलाई सर्वसहमतीमा चयन गरेको छ ।

समितिको सदस्यमा विमलकुमार ढकाल, राजु नापित, सुरेन्द्रमान प्रधान, श्यामभक्त श्रेष्ठ, रामशरण थापा, सुर्दशन कार्की, विमलकुमार विष्ट, लक्ष्मण विष्ट, सगुनकुमार ढकाल र भरत गोपाली चयन भएका छन् ।

 

सञ्चालक समितिका अध्यक्ष इश्वरनाथ पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थाहा नगरपालिकाका मेयर लवशेर विष्ट रहेका थिए । कार्यक्रममा उपमेयर खड्ग गोपाली, क्याम्पस प्रमुख रामहरि अधिकारीलगायतको सहभागिता रहेको थियो ।
२०६० सालमा स्थापना भएको क्याम्पसमा हाल मानविकी र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाइ हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*