बाग्मती प्रदेशको सुरक्षा बैठक हेटौंडामा सुरु

बाइलाइन नेपाल
१० फाल्गुन २०७६, शनिबार १०:१४

हेटौंडा । बाग्मती प्रदेशको सुरक्षा अवस्था र अबको रणनीतिका बारेमा छलफल गर्न बैठक आयोजना गरिएको बैठक आजबाट हेटौंडामा सुरु भएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रीसहित १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखलगायतको सहभागिता रहने जनाइएको छ । बैठकमा नेपाली सेनाको पनि सहभागिता रहेको जनाइएको छ ।

बैठकमा सहभागि हुन गृह सचिव, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको उल्लेख छ । बैठकमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा भोली हेटौंडा आउनले भएका छन् ।

अबको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने स्रोतले जनाइएको छ । गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरु हेटौंडा आउने भएपछि हेटौंडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनपथ र शसस्त्र प्रहरी परिचालन गरिएको छ । बैठकमा सञ्चारकर्मीले भने प्रवेश निषेध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*