मौसम पूर्वानुमान : आज पनि वर्षा हुने, हिमपातको पनि सम्भावना

बाइलाइन नेपाल
१० फाल्गुन २०७६, शनिबार ०७:४४

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको जनाएको छ । महासाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने पुर्वी तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिनभर भने देशको पुर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राति भने पहाडी भेगमा आंशिक बदली भइ बाँकी भेगको मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*