हिमालयन शेर्पा बाग्मती गोल्डकपको फाइनलमा प्रवेश

बाइलाइन नेपाल
९ फाल्गुन २०७६, शुक्रबार १८:३३

हेटौंडा । हिमालयन शेर्पा क्लब मकवानपुरको बाग्मती गाउँपालिकामा जारी तेस्रो बाग्मती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । आज शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा च्यासल युवा क्लब लाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा फाईनल प्रवेश गरेको हो ।

खेलको ७ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई १ गोल को अग्रता दिलाए । च्यासलका टिमले राम्रो अवसर पाएता पनि गोल भने गर्न सकेन् । खेलको ४७ औं मिनेटमा च्यासलका विदेसी खेलाडी कनिज अजेगोके भुजारीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

प्रतिस्प्रर्धात्मक खेलको ७४ औँ मिनेटमा हिमालयका सुरज हमालले दिएको पासमा पुनः हिमालयनका श्रेष्ठले अर्को गोल गर्दै २–१ ले गोल अन्तरले विजयी भएको हो ।

खेलमा हिमालयनका विजय क्षेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै दोस्रो सेमिफाईनल खेल भोली शनिबार संकटा युवा क्लब र जाउलाखेल युवा क्लब बिच हुने आयोजकले जनाएको छ । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बाग्मती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।

पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो। बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*