छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

बाइलाइन नेपाल
८ फाल्गुन २०७६, बिहीबार २०:३८

विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुरको नारायण आधारभुत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका छन्।

१९ जना विद्यार्थीहरुको निवेदनको आधारमा विद्यालयबाट निवेदन आएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेको हो।

सामाजिक शिक्षा पढाउने शिक्षक निरौलाले शरिरका विभिन्न अङ्गमा अनावश्यक रुपमा छुने गरेको भन्दै विद्यालयका कक्षा ३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले विद्यालयमा छानबिनको माग गर्दै निवेदन दिएका थिए।

फागुन १ गते छात्राहरुले विद्यालयमा निवेदन दिए पनि विद्यालयले प्रहरीमा निवेदन दिएको थिएन। घटना सार्वजनिक भएसँगै दबाव बढेपछि विद्यालयले प्रहरीमा निवेदन दिएको थियो।

विद्यालयको निवेदनको आधारमा प्रहरीले बुधबार अदालतबाट पक्राउ आदेश पाएपछि बिहीबार उनलाई पक्राउ गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*