कमिसन प्रकरणपछि सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा

बाइलाइन नेपाल
८ फाल्गुन २०७६, बिहीबार १९:३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ ।

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अख्तियाको टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै संसद अवरोध गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*