विज्ञान सामाग्री प्रर्दशनीमा कृष्ण आर्दश द्धितीय

बाइलाइन नेपाल
८ फाल्गुन २०७६, बिहीबार १९:२८

हेटौंडा । हेटौंडामा विहीबार भएको विज्ञान सामाग्री प्रर्दशनीमा हेटौंडा–९ लामसुरेमा रहेको कृष्ण आर्दश इग्लिस बोर्डिङ स्कुल द्धितीय भएको छ । नगर स्तरिय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनमा भएको मावि स्तरिय प्रर्दशनीमा विद्यालयले द्धितीय स्थान हासिल गर्न सफल भएको हो ।

हेटौंडा उपमहानगरपलिकाको प्रयोजनमा भएको कार्यक्रममा करिब २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रर्दशनीमा द्धितीय भएको कृष्ण आर्दशले ८ हजार नगद पुरस्कार प्राप्त गरेको प्रिन्सिपल नविन केसीले जानकारी दिए ।

कृष्ण आर्दशका विद्यार्थीले स्मार्ट हाउस र हाइड्रोलिग सिस्टम प्रर्दशनी गरेका थिए । हाइड्रोलिग सिस्टमबाट सडकm पुललगायतको कसरी निर्माण र प्रयोग गर्न सकिन्छ भन्ने बारे विद्यार्थीले अतिथि र अवलोकनकर्तालाई जानकारी दिएका थिए ।

प्रर्दशनीमा सिद्धार्थ मावि प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुस्कार वितरण गरेका थिए । प्रर्दशनीमा हरेक विद्यालयबाट दुईदुई जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*