राससको बाग्मती प्रदेशबाट रिपेश दाहाल उत्कृष्ट समाचारदाता
राष्ट्रिय समाचार समिति (रासस) ले बाग्मती प्रदेशबाट मकवानपुरका रिपेश दाहाललाई उत्कृष्ट समाचारदाताको रुपमा छनौट गरेको छ ।
उनलाई आज प्रदेश राजधानी हेटौंडामा आयोजना हुने राससको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिदै छ । दाहाल केही दिन अघि बाग्मती प्रदेश सरकारबाट पनि पुरस्कृत भएका थिए ।
राससले सातै प्रदेशका आफ्ना स्थानीय समाचारदाताहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सोअनुसार प्रदेश नं १ का भोजपुर समाचारदाता युवराज विष्ट, २ नं महोत्तरीका सञ्जीतकुमार मण्डल, गण्डकी प्रदेशकी जमुनावर्षा शर्मा, ५ नं परासीका मोहन पौडेल, कर्णाली प्रदेश जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिम डोटीका विमलबहादुर विष्ट पुरस्कृत हुने भएका छन् ।
उनीहरुलाई राससको ५९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा बुधबार आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । उनीहरुले जनही रु १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा (सारङ्गीको धूनमा विकास र चेतना), तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटा र श्रव्य सामग्रीमा केन्द्रीय कार्यालयकै उपसमाचारदाता नारायण ढुङ्गाना चयन भएका छन् । उनीहरुलाई पनि जनही रु १५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि उत्कृष्ट समाचारदाता, आलेख समाचारदाता, फोटोग्राफर र श्रव्यसामग्री सङ्कलकलाई जनही रु पाँच हजार दिने गरिएको थियो ।

बाइलाइन नेपाल











