माछा प्लानलाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउने अभियान शुरु
हेटौंडा । हेटौडा– ५ स्थित मत्स्य विकास केन्द्र (माछा प्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन दबाब दिने उदेश्यका साथ हेटौंडामा भेला तथा बैठक भएको छ ।
भेला एवं बैठकले मत्स्य विकास केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिति, हेटौडा ५ मकवानपुर नामको समिति निर्माण गरी ध्रुवप्रसाद चौलागाईको संयोजकत्वमा समिति गठन गरिएको छ ।
जसको सदस्यमा सुधीर थापा, शालिकराम पुडासैनी, रामचन्द्र स्याड़वो, केशव शाही, जेन श्रेष्ठ, माधव न्यौपाने, देवीप्रसाद दाहाल, वालकृष्ण अधिकारी, देवीप्रसाद गौतम, केशव समर्पण, शिव थापा, पदम बजगाई, दीपेन्द्र ढकाल, हरिगोपाल सापकोटा, भानुभक्त आचार्य,प्रमिला केसी, रामकृष्ण तिमल्सिना, भिषण चौलागाई, शुसील घिमिरे, शुक्रराज लामा रहेका छन् ।
उक्त भेला एवं बैठकले मत्स्य विकास केन्द्रसंगै जोडिएको जंगल, कान्तिराजपथको दुईतर्फ रही जंगलसम्म जोडिएको पोखरीलाई कान्तिराजपथमा डुङ्गा चल्न सक्ने पुलले जोडी डुंगा चलाउने र आसपासको क्षत्रलाई पर्यटकीए स्थलको रुपमा विकाश गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने र यस क्षत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभियान आजबाट शुरु भएको चौलागाईले जानकारी दिए ।

बाइलाइन नेपाल











