रामेश्वर फुँयाल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

बाइलाइन नेपाल
५ फाल्गुन २०७६, सोमबार १६:२०

हेटौंडा । पटकपटक मन्त्री बन्ने प्रयासमा विफल हुँदै आएका नेकपाका नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाल आजबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका फुँयाललाई आज बाग्मती प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख विष्णु प्रसाईले सपथग्रहण गराएका हुने । सपथ ग्रहणमा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु, सांसदलगायतको उपस्थिति रहेको थियो ।

यसअघि माघ २९ गते सपथग्रहणको तयारीमा रहेका फुयालको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर रोकिएको थियो । तर मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी अध्यक्ष तथा प्रधमनमन्त्री केपी ओलीसहितका शिर्ष नेतालाई भेटेर समस्याको समाधान गरेपछि फुँयाल मन्त्री बन्ने पक्क भएको थियो ।

यसअघि तीन पटकसम्म फुयाल मन्त्री बन्ने चर्चामै सिमित भएका थिए । चौथो पटकमा भने फुँयालले प्रदेश कै महत्वपूर्ण मन्त्रालय हात पारेका छन् ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुँयाललाई मन्त्री बन्नबाट आफ्नै पाटीले रोकेको थियो । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि फुयाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि संविधानसभाका सदस्य समेत रहेका फुँयाल पहिलोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि गाविस अध्यक्ष, सभासद, सांसद भइसकेका फुँयाल पहिलो मन्त्री बनेका हुन् । उनि नेकपा बाग्मती प्रदेशका मुख्य सचेतक पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*