आजबाट मौसममा सुधार,अब चिसो कम हुँदै जान्छ
आज बिहानैबाट मौसम सफा रहेको छ । वागमती प्रदेशको राजधानी हेटौंडा, संघीय राजधानी काठमाडौंमा घाम लागेको छ । आज देशभरको मौसम सफा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
उनका अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ । पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको सापकोटा बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ ।
“अब क्रमशः चिसो कम हुँदै जान्छ । बदली नहुने र घाम लाग्दै जाँदा तापक्रम पनि बढ्दै जान्छ,” मौसमविद् सापकोटा भन्छन्, “आजबाट घाम लाग्न सुरु भएसँगै तापक्रम बढ्दै जान्छ । न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जान्छ ।”

बाइलाइन नेपाल











