कर्णाली प्रदेश : विपक्षमा मतदान गर्न एमालेको ह्वीप

बाइलाइन नेपाल
३ बैशाख २०७८, शुक्रबार १३:५७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको रातोपाटीलाई बताए । दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा ठुलो दलका रुपमा रहेको एमालेको २० सांसद छन् भने सत्तारुढ माओवादी केन्द्रको १२ सांसद छन् । प्रदेशसभामा नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । राप्रपाले विश्वासको मतका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्ने जनाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*