साहित्य शृङ्खलामा कविता तथा गजल प्रतियोगिता

बाइलाइन नेपाल
February 1st, 2020

हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरको २४८ औँ साहित्य शृङ्खलाका अवसरमा शुक्रबार बकैयास्थित महेन्द्र माविमा स्थलगत कविता तथा गजल प्रतियोगिता आयोजना गरिएको छ ।

महेन्द्र माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार राईको प्रमुख आतिथ्य तथा प्रधानाध्यापक दुर्गा प्रसाद पराजुलीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा महेन्द्र मावि, जनता मावि र प्रभात मावि गरि तीनवटा विद्यालयका १७ विद्यार्थीको सहभागिता रहेको थियो । कवितातर्फका सहभागीहरूलाई ूवातावरणमा देखा परेका समस्याहरू तथा वातावरण संरक्षणका उपायहरू विषय दिइएको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका सहसचिव गायत्री रुपाखेती तथा सदस्यहरू मञ्जु दाहाल तथा अमृता लामिछानेको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले गर्नुभएको थियो ।

प्रतियोतितामा उत्कृष्ट हुनेहरूलाई चन्द्रकुमार राईले प्रायोजन गरेको पुरस्कार आगामी फागुन १७ गते बकैयामा आयोजना हुने झरनाको २६ औँ वार्षिकोत्सवमा प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*