हेटौँडाको रिद्धीसिद्धी कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन सार्वजनिक

बाइलाइन नेपाल
January 31st, 2020

हेटौँडा/ सार्वजनिक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आएको हेटौँडाको रहेको रिद्धीसिद्धी कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन आज (शुक्रबार) सार्वजनिक गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि ति उत्पादनहरु सार्वजनिक गरिएको हो ।

उद्योगको नयाँ उत्पादनमा भुइ पुछ्ने (लाइसोल), सिसा पुछ्ने (कुलिन) र नाला सफा गर्ने (नो क्लग) रहेका छन् । सार्वजनिक कार्यक्रममा पत्रकार सम्मेलनमा बोल्दै उद्योगका प्रोपाइटर हृदयराज गौतमले उद्योगले नेपाली तथा स्थानीय उत्पादनलाई जोड दिँदै यि उत्पादनहरु बजारमा ल्याएको बताए ।

उद्योग दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवरसरमा ग्राहकको चाहाना अनुसार तीन वटा नयाँ उत्पादन बजारमा ल्याइएको उनको भनाई रेहेको छ । उद्योगले यसअघि ट्वाइलेट क्लिनर र फिनेल उत्पादन गर्दै आइरहेको थियो ।

नेपालीहरुको घरमा दैनिक प्रयोग हुने यि उत्पादनहरु बाहिरी देशबाट आउने गरेको पाएपछि आफुहरुले नेपाली कच्चापदार्थको प्रयोग गरि उत्पादन सुरु गरेको र हाल नेपालभर आफुहरुको उत्पादनले बजार पाएको उनले बताए ।

उद्योगले उत्पादन गरेको बस्तुहरुको गुणस्तरमा आफुहरुले निकै ध्यान दिने गरेको प्रमाण द्योगको गुणस्तरिय उत्पादनकै कारण आइएसओ ९००१ र २०१५, जीएमपी र सीई प्रमाणपत्र प्राप्त गरेको उनको भनाई छ ।

उद्योगले आगामी दिनमा पनि व्यक्तिगत सरसफाई, दाँत–मुखको हेरचाह एवं स्वास्थ्य सम्बन्धि उत्पादन थप्ने योजना बनाएको छ । उनले उद्योगले यस्ताखाले उत्पादन गरि नेपाली बजारलाई विदेशी बजारसँग प्रतिस्पर्धी बनाउने समेत विश्वास ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*