आजको विदेशी मुद्राको विनिमयदर

बाइलाइन नेपाल
१७ माघ २०७६, शुक्रबार ११:१७

नेपाल राष्ट्र बैंकले शुक्रबार (माघ १७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*