जनसाहित्यिक लेखक संघ बाग्मती प्रदेशको संयोजकमा मसान उपासक

बाइलाइन नेपाल
१४ माघ २०७६, मंगलवार २०:२०

हेटौंडा । अखिल नेपाल जनसाहित्यिक लेखक संघ बाग्मती प्रदेशमा जिम्मेवारी बाँडफाँड गरिएको छ । काठमाडौमा भएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका साहित्यकारहरुको संयोजन बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।

संघको बाग्मती प्रदेशको संयोजकमा मकवानपुरका मसान उपासकलाई जिम्मेवारी दिइएको छ । संघको केन्द्रीय सदस्य रहेका मसानलाई मंगलबारको बैठकले प्रदेशको संयोजक तोकेको हो । प्रदेशको सहसंयोजकमा सिन्धुलीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

एकता अघिपनि केन्द्रीय सदस्य रहेका मसान मकवानपुरमा रहेर लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । मकवानपुरको साहित्य संगमलगायत विभिन्न साहित्यक संस्थामा आवद्ध भएर काम गरिसकेका मसान झरना साहित्यिक परिवारका मकवानपुर सचिव हुन् । उनि हेटौंडाबाट सञ्चालन भइरहेको रेडियो बुलेटिनका समाचार संयोजक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*