छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

बाइलाइन नेपाल
२ मंसिर २०८०, शनिबार ०८:२१

आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*