टिभिएसका दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

बाइलाइन नेपाल
२५ कार्तिक २०८०, शनिबार १७:१५

हेटौंडा/टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।

टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले टिभिएसको आरटिआर १६० फोर भि स्पेशल एडिसन मोटरसाईकल र एनटर्क १२५ सिसि ड्रम स्कुटर रातो रङमा सार्वजनिक गरेसंगै उक्त मोटरसाईकल र स्कुटर हेटौंडमा सार्वजनिक गरिएको हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

कम्पनीले अपाचे आरटिआर १६० फोर भिको आरटि एफआई भर्सनको तुलनामा २२ हजार रुपैयाँ कम गरेर नयाँ भर्सन सार्वजनिक गरेको हो ।
हाल नेपालमा बिक्री भइरहेको अपाचे आरटिआर १६० फोर भिको टप भेरियन्ट भन्दा सस्तो मूल्यमा यसको स्पेशल एडिसन सार्वजनिक भएको हो ।

कम्पनीले बिक्री गर्दै आएको १६० फोर भिको आरटिएफआई मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ सार्वजनिक भएको अपाचे आरटिआर १६० फोर भिको स्पेशल एडिसनको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।

आरटिआर १६० फोर भिको स्पेशल एडिसन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर रहेको छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार अर्बन, स्पोर्ट र रेन मोड ड्राइभिङ मोडमा चलाउन सकिन्छ । अपाचे आरटिआर १६० फोर भि आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सिसि, सिगंल सिलिन्डर, आयल कुल्ड आरटि एफआई इन्जिन छ ।

त्यस्तै राम्रो माइलेज दिने एनटर्क १२५ सिसि ड्रम स्कुटरमा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । टिभिएस एनटर्क ड्रममा ९.४ पिएस पावर सहितको १२५ सिसि इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । ‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटि पनि रहेको कम्पनीले जनाएकोछ ।

यसमा १२ इन्चका ठुलो टायरहरूका साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटि बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टिभिएस एनटर्क ड्रम रेड सकुटरको मूल्य रु. २ लाख ३५ हजार ९०० रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*