अब दैनिक २० किलो सुन आयात गर्न सकिने

बाइलाइन नेपाल
११ आश्विन २०८०, बिहीबार ०८:३३

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण २० किलो बनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण १० किलोबाट २० किलो बनाएको हो ।

राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।

मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्ट रूपमा समेत सुन आयात गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

तर, यस्तो एकमुष्ट रूपमा आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न नपाउने भन्नुको अर्थ कुनै वर्षको एक महिनामा दैनिक तोकिए बमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन त्यसपछिको अर्को महिनाहरुमा आयात गन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

तर, कुनै एक महिनाको कुनै समयसम्म दैनिक तोकिए बमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना भित्र त्यस्तो सुन आयात गर्न भने बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*