एमाले र माओवादी केन्द्रका महासचिव पराजित

बाइलाइन नेपाल
८ मंसिर २०७९, बिहीबार १२:३६

दुई प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा पराजित भएका छन् ।

दाङ- २ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई पराजित गरिन् । महासचिव पोखरेलले २६ हजार ६८० मत पाउँदा १९७ मतान्तरले पराजित भए ।

यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा देव गुरुङले ३१ हजार ७८१ मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*