नोबेल साहित्य पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई

बाइलाइन नेपाल
२१ आश्विन २०७९, शुक्रबार ०९:१२

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

एर्नोले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यावसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्।

उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्। यो पुरस्कार स्विडिस एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिस क्रोनर अर्थात् आठ लाख डलर बराबरको छ।

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*