यसवर्ष रुपचन्द्रको स्मृति दिवस हेटौंडा,पालुङ र काठमाडौमा मनाईंने

हेटौंडा । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ । आज सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो । उनको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो । यसअघि रुपचन्द्रको स्मृति दिवसमा पालुङमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्र विष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अन्र्तक्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ । थाहा नगरपालिकाको पालुङमा रुपचन्द्र विष्टको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । विष्टले नेपाली समाज र राजनीतिमा छुट्टै पहिचान बनाएका छन् । उनले सर्वसाधारणमा थाहा आन्दोलनमार्फत् चेतनाको विगुल फुकेका थिए । जसले जनप्रतिनिधि र सर्वसाधारण देश र समाजप्रति ईमान्दार हुनुपर्ने शिक्षा दिन्छ । समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान … Continue reading यसवर्ष रुपचन्द्रको स्मृति दिवस हेटौंडा,पालुङ र काठमाडौमा मनाईंने