फिल्म निर्देशनमा ‘डेब्यु’ गर्दै सरोज खनाल

बाइलाइन नेपाल
२३ जेष्ठ २०७९, सोमबार ०८:२९

पुराना अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन्। लामो समय अभिनयमा बिताएका खानालले चलचित्र ‘बगान’ मार्फत निर्देशन सुरु गर्ने घोषणा गरेका छन्। चलचित्र निर्माणको घोषणासँगै खनालले चलचित्रको गीत र इन्ट्रो टिजर सार्वजनिक गरेका छन्।

चलचित्रमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्मको औपचारिक घोषणा गर्दै खानालले आफूले आफ्नो जीवनकालमा सिकेका ज्ञान र सिपलाई निर्देशनमा लगानी गर्ने बताएका छन्।

उनले आफूले निर्देशन गरेको फिल्मले समाज रुपान्तरणका लागि ठूलो भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। खनालले भने, ‘मेरो फिल्मले कुनै रेकर्ड नराख्ला, तर नेपालमा पनि यति रामे फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाउँछु। फिल्म हेरेर हलबाट निस्कँदै गर्दा दर्शक एकपटक सोच्न बाध्य हुनेछन्।’

चलचित्रमा सुरेश वाग्लेले लगानी गर्ने छन्। वाग्लेले फिल्मको कथाले आफूलाई छोएकाले लगानी गर्न लागेको बताएका छन्। फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ।

साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहने छ। चलचित्रको कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*