काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता

बाइलाइन नेपाल
९ जेष्ठ २०७९, सोमबार ०७:१७

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । सोमवार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन् ।

उम्मेदवार सिर्जनाले २५ हजार ७७७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् । स्थापितले २५ हजार ५०५ मत पाएका छन् । दोस्रो स्थानका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ । मतगणना जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*