दोलखामा गोली चल्यो, मतदान स्थगित

बाइलाइन नेपाल
३० बैशाख २०७९, शुक्रबार ०८:३७

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।  झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो। मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन्।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्। अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले  जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*