मधुसूदनको फिल्ममा भित्रिए आर्यन

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १३:३३

अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्देशक भट्टराईले बताए ।

आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म म्यूजिकल लभस्टोरी हुने बताइएको छ । फिल्ममा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री छनोट हुन भने बाँकी छ । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर आउँदो बैशाखबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारी आफ्नो रहेको निर्देशक भट्टराईले बताए ।

आर्यनले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरेका थिए । जसको छायाङ्कन अझै केही बाँकी छ । पछिल्लो समय केही फिल्म साइन गरेका आर्यनको कुनै फिल्म पनि फिल्मको छायाङ्कन सुरु हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*