नवसर्जक साहित्य चौतारीको प्रथम वार्षिकोत्सव सम्पन्न

बाइलाइन नेपाल
१८ पुष २०७८, आईतवार १२:१०

हेटौडा । नवसर्जक साहित्य चौतारीले आफ्नो प्रथम वार्षिकोत्सव समारोह सम्पन्न गर्यो। संस्थाकी अध्यक्ष प्रसन्ना चौलागाईँको सभाध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रा डा ध्रुवकुमार घिमिरे र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको विशेष आतिथ्यता रहेको थियो।सातै प्रदेशका बाल साहित्यका अन्वेषक साहित्यकारहरू क्रमशः प्रदेश १का मिश्र वैजयन्ती, प्रदेश २का नवराज रिजाल, वाग्मती प्रदेशका डा कृष्ण सुवेदी (भारद्वाज मित्र) , गण्डकी प्रदेशका गङ्गा कर्माचार्य, लुम्बिनी प्रदेशका जागेश्वर नेपाल, सुदुरपश्चिम प्रदेशका रामचन्द्र नेपाल समेतको उपस्थिति रहेको थियो।कार्यक्रममा साहित्य चौतारी जापानकी अध्यक्ष विन्दा पराजुली, साहित्यकार रमेश चन्द्र घिमिरे, नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम र सल्लाहकारहरू तथा सातै प्रदेशका अग्रज तथा बाल साहित्यकारहरूका उपस्थिति रहेको थियो।

भर्चुअल माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष विभूति अधिकारीले स्वागत मन्तव्य र प्रविधि संयोजक प्रतीक कर्णले चौतारीको स्थापना काल देखिका गतिविधिहरू वृतचित्रबाट प्रस्तुत गर्नुभएको थियो।चौतारीका संरक्षक साहित्यकार दीपक गौतमले प्रसन्ना चौलागाईँको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गर्नु भएको थियो।

नयाँ कार्यसमतिमा प्रसन्ना चौलागाईँ अध्यक्ष, विभूति अधिकारी वरिष्ठ उपाध्यक्ष, सातै प्रदेशबाट क्रमशः उपाध्यक्षहरू प्रदेश १बाट पोना हाङ्मा लोवा, प्रदेश २बाट लखिन्द्र दास, वाग्मती प्रदेशबाट उषा किरण अधिकारी, गण्डकी प्रदेशबाट करुणा विश्वकर्मा, लुम्बिनी प्रदेशबाट जोशिका कँडेल ूनिशाू, कर्णाली प्रदेशबाट समीक्षा नेपाल, सुदुरपश्चिम प्रदेशबाट प्रविन चन्द र उपत्यका विशेष आँचल अधिकारीलाई निर्वाचित गरियो।साथै, चौतारीको महासचिव समर्पण न्यौपााने, उप(महासचिव रचना भण्डारी, सचिव हरू युकिशा अधिकारी, प्रतीक कर्ण, रौनक शाह, प्रबिना बराल र सुस्मिता ढुङ्गाना एवम् कोषाध्यक्ष गुरुङ लगायत ३० सदस्यीय कार्यसमिति र पछि २१ सदस्य थप गर्ने गरी सो कार्यसमिति घोषणा गरिएको थियो।

नव निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतका अतिथिहरूले शुभकामना तथा बधाई दिँदै आगामी दिनमा नवसर्जकका कार्यक्रमहरूलाई प्रज्ञा प्रतिष्ठानबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो।सातै प्रदेशको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन समर्पण न्यौपानेले गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*