प्रमुख तीन दल महाधिवेशनमा होमिए

बाइलाइन नेपाल
१ मंसिर २०७८, बुधबार ०७:३२

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई नेतृत्व चयनका लागि महाधिवेशनमा जुटेका छन् । एमालेले मंसिर १०–१२ चितवनमा र काँग्रेसले मंसिर २४–२६ काठमाडौंमा महाधिवेशन गर्दैछ भने माओवादी केन्द्रले चाहिँ पुस ११–१३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल अधिवेशन गर्नुले पार्टीलाई नयाँ ऊर्जा दिने बताउँछन् । तर, नेतृत्व चयन गर्दैगर्दा राजनीतिक दलले आफूले अँगालेको विचारबारे खुला रुपमा बहस तथा छलफल गर्न भने छाडेको उनले बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*