राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, पार्टी भित्र असन्तुष्टि

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १८:२७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ ।

राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।

यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले बताए । लुम्बिनी प्रदेशमा भने मतदानको परिणाम आउन बाँकी रहेको श्रेष्ठले बताए । लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय र ऋषिराज देवकोटा उमेदवार रहेका छन् ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । कार्तिक ३,४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी दिए ।

प्रदेशमा नेतृत्व चयन गर्दा गुटको आधारमा गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्। अझै पनि पार्टी गुटमा रुमलिएको भन्दै अहिलेकै अवस्थामा सबैलाई समेट३न सक्ने वैकल्पिक शक्ति बन्न नसक्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*