समाजवादीमा प्रवेश गरेका नेतालाई महत्त्वपूर्ण जिम्मेवारी

बाइलाइन नेपाल
२८ कार्तिक २०७८, आईतवार १९:२८

नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

शुक्रबारको स्थायी कमिटीले झालाई सचिवालयमा मनोनित गर्न प्रस्ताव गरेको थियो । नेकपा एमाले पृष्ठभूमिका झा हाल नेकपा माओवादी केन्द्रमा थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि झाले माओवादी छोडेका हुन् ।

एकीकृत समाजवादीले एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको छ । माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।

एमाले डडेलधुरा अध्यक्ष छोडेर एकीकृत समाजवादी प्रवेश गरेका डा. तारा जोशीलाई पनि केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*