सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर

बाइलाइन नेपाल
२४ कार्तिक २०७८, बुधबार १३:१६

बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

तेजाबी सुन पनि मंगलबार तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज ४०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*