‘चपली हाइट ३’ पुस २ मा रिलिज हुने

बाइलाइन नेपाल
२२ कार्तिक २०७८, सोमबार २०:५३

अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अर्जुन कुमारले  दिएको जानकारी अनुसार यो चलचित्र आगामी पुस २ गते अर्थात् डिसेम्बर १७ मा रिलिज हुनेछ ।

यो चलचित्रले आफ्नो प्रदर्शन मिति यस अगाडि २०७६ साल चैत २७ गतेलाई तोकेको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेन ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको टिजर हलमा बज्न शुरु भएको र ट्रेलर एक सातामा सार्वजनिक गर्ने अर्जुनले बताए । ‘चपली हाइट ३’का अघिल्ला २ सिरिजले व्यापारिक रुपमा सफलता पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*