काँग्रेस थाहा नगरमा जोशीको नेतृत्व

राजकुमार केसी
१० आश्विन २०७८, आईतवार ०७:०४

थाहा । नेपाली कांग्रेस थाहा नगर कमिटीको सभापति पदमा प्रमोद जोशी निर्वाचित भएका छन् ।

थाहा नगर कमिटिको निर्वाचनमा जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गरे ।

नगर कमिटीको २ उपाध्यक्ष पदमा नवराज कार्की र उद्दव लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरे । उपाध्यक्ष कै अर्का उम्मेदवार सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका छन् ।

२ सचिव पदमा भीमसेन मोक्तान र कर्णबहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १सय ४ मत प्राप्त गरे । सचिव पदकै उम्मेदवार बिन्दुलाल थिङले ८४ र शशिकुमार दोङ ले ५६ मत प्राप्त गरेका थिए ।

२ जना सहसचिव पदमा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १ सय ६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेवार ध्रुब कुमार भट्टले ४६ र रामचन्द्र भोम्जनले ४७ मत प्राप्त गरेका थिए ।

त्यस्तै नगर कमिटिका लागि ५३ जना सदस्यहरुमा सबै सर्वसम्मत निर्वाचित भएका छन् । थाहा नगरको जेसीज हलमा भएको निर्वाचन कार्यक्रममा १ सय ९५ जना प्रतिनिधिले मतदान गरेको कांग्रेसका नेता निरोज प्रधानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*