कांग्रेसको पालिका,क्षेत्र र जिल्ला अधिवेशनको मिति हेरफेर

बाइलाइन नेपाल
२६ भाद्र २०७८, शनिबार ०६:३५

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि सरेको छ । नयाँ कार्यतालिकाअनुसार पालिका अधिवेशन देशभर सबै पालिकामा एकैपटक असोज ९ गते हुने भएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ ।

निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशन भने यथावत राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*